नेपाल हुँदै भारत छिरे तीन आतंककारी, बिहारमा हाई अलर्ट

काठमाडौं- भारतले पाकिस्तानस्थित आतंकवादी संगठन जैश-ए-मोहम्मद का तीन सदस्य नेपाल हुँदै भारतको बिहार राज्य प्रवेश गरेको दावी गरेको छ।

भारतको प्रहरी मुख्यालयले ती तीन आतंककारीको नाम, फोटो र राहदानी विवरण सार्वजनिक गर्दै बिहारका सबै जिल्लामा उच्च सुरक्षा सतर्कता जारी गरेको छ। भागलपुरसहितका संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी बढाइएको बताइएको छ।

EPIC EPIC EPIC EPIC EPIC

भारतीय सञ्चारमाध्यमका अनुसार आतंककारीहरूमा निम्न व्यक्ति सामेल छन् : मोहम्मद उस्मान (बहावलपुर), आदिल हुसेन (उमरकोट), हसनैन अली अवान (रावलपिण्डी)

प्रहरीका अनुसार उनीहरू अगस्ट दोस्रो साता काठमाडौं आइपुगेका थिए र त्यसपछि अवैध रूपमा बिहार राज्यमा प्रवेश गरेका हुन् भन्ने सूचना भारतले पाएको छ।

तीनै जनाको राहदानी विवरण समेत सार्वजनिक गरिएको छ। भारतले यस घटनालाई गम्भीर सुरक्षाको चुनौतीको रूपमा लिँदै सीमावर्ती क्षेत्रहरूमा सुरक्षा सतर्कता कडा बनाएको जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *