बुद्धशान्ति। नेविसंघ झापाको आयोजना एवं काँकरभिट्टा आई केयर सेन्टर प्रा.लि. को प्राविधिक सहयोगमा झापा जिल्ला कनकाई नगरपालिका -९ स्थित घैलाडुब्बामा आयोजित नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ।
शिविरबाट अहिले अत्यधिक रुपमा आँखा सम्बन्धि समस्या बढिरहेको अवस्था ४४० जनाले सेवा लिएका छन् ।
कार्यक्रममा नेपाली काङ्ग्रेस झापा क्षेत्र न:२ क्षेत्रीय सभापति खगेन्द्र मैनाली ,कनकाई नगर पार्टी सभापति दुर्गा प्रसाईं ,तरुण दल केन्द्रिय सदस्य राजेन्द्र उप्रेती ,नेका जिल्ला सदस्य गोबिन्द प्रधान र झुमा शर्मा ,नेविसंघ झापा सभापति संजय निरौला ,पार्टी क्षेत्रीय सचीव चन्द्र चुडाल सहित नेविसंघ झापा जिल्लाका कार्यसमिति पदाधिकारी तथा सदस्य,नेविसंघ पुर्व जिल्ला पदाधिकारी ,स्ववियु सभापति तथा सदस्य ,नेविसंघ क्याम्पस एवम् नगर सभापति तथा पदाधिकारी सहितको उपस्थितिमा कार्यक्रम आयोजना भएको थियो ।
यस पश्चात् भोलि श्रावण १९ गते शुक्रबार नि:शुल्क आँखा शिविर कार्यक्रम झापा जिल्ला हल्दिबारी गाउँपालिका वडा न:२ स्थित राष्ट्रिय एकता प्रावि ( काजली बजार) मा आयोजना हुँदै छ भने पर्सि श्रावण २० गते शनिबार बुद्धशान्ति वडा न:४ सट्टाभर्ना स्थित श्री गणेश माविमा आयोजना हुने नेविसंघ झापाका सचिव गोकुल पौडेलले बताएका छन् ।