Search
Close this search box.
Search
Close this search box.

नेविसंघद्वारा विद्यार्थीलाई लोकसेवा आयोगको परीक्षा सम्बन्धि प्रशिक्षण

बुद्धशान्ति(पालिका सन्देश । नेपाल विद्यार्थी संघले विद्यार्थीलाई लोकसेवा आयोगको परीक्षा सम्बन्धि एकदिने प्रशिक्षण दिएको छ । नेपाल विद्यार्थी संघ सीतारमेश बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा लोकसेवा आयोग परिक्षा तयारी सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

नेविसंघ सीतारमेश बहुमुखी क्याम्पस इकाई सभापति सन्तहाङ लिम्बुको सभापतित्वमा आयोजित कार्यक्रममा नेविसंघ झापा सभापति संजय निरौलाको प्रमुख आतिथ्य रहेको थियो। प्रशिक्षण कार्यक्रमलाई सहजीकरण गर्न प्रशिक्षकको भुमिकामा बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल ,शिक्षक महासंघ बिर्तामोड अध्यक्ष युवराज कट्टेल र प्रशिक्षक कृष्णराज कटुवाल रहेका थिए ।

EPIC EPIC EPIC

कार्यक्रममा सीतारमेश बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष जय प्रसाद भण्डारी ,क्याम्पस प्रमुख पुष्प रिजाल ,नेविसंघ झापा सचीव गोकुल पौडेल ,नेविसंघ जिल्ला सदस्य खुम खड्का ,नेविसंघ बुद्धशान्ति सभापति उमेश भट्टराई ,नेविसंघ झापा निवर्तमान सहसचिव मिलन चापागाईं,नेविसंघ निवर्तमान जिल्ला सदस्य दिनेश खतिवडा ,स्ववियु सभापति प्रदिप बर्देवा सहित क्याम्पस प्राध्यापक ,विद्यार्थीहरुको उल्लेख्य उपस्थिति बिच प्रशिक्षण कार्यक्रम आयोजना भएको हो ।

नेविसंघ सीतारमेश इकाई सचीव विवेक वाग्लेले संचालन गरेको कार्यक्रममा सभापति संतहाङ लिम्बुले स्वागत सहित कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख पुष्प रिजाल ,प्रमुख अतिथि संजय निरौलाले शुभकामना मन्तव्य राखेका थिए । लामो समय परिक्षाको तयारी गरे पनि तयारी गर्ने तरिका र परिक्षा मा प्रस्तुत हुने कुरा नजानेर पनि धेरै परिक्षार्थी असफल हुने गरेको पाइएको र यस्तो प्रकारको प्रशिक्षण कार्यक्रमले विद्यार्थीहरु लाई लोकसेवा आयोग,शिक्षा सेवा आयोग लगायत परिक्षामा सफलता प्राप्त गर्न धेरै ठुलो भुमिका खेल्ने आयोजकले अपेक्षा गरेको छ।

सीतारमेश बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्ष देखि चौथो वर्ष सम्म अध्ययनरत विद्यार्थीहरुको प्रशिक्षण कार्यक्रममा सहभागिता रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *