नोबेल अस्पतालकी नर्स मण्डलको रहस्यमय मृत्यु : परिवारको हत्या आशंका

विराटनगर — नोबेल अस्पताल, विराटनगरमा कार्यरत स्टाफ नर्स लक्ष्मी कुमारी मण्डलको रहस्यमय मृत्यु प्रकरणले जटिल मोड लिएको छ। सप्तरीको महादेवा गाउँपालिका–२ की २४ वर्षीया मण्डल १२ जेठमा विराटनगरस्थित डेरामा मृत भेटिएकी थिइन्। परिवारले उनको हत्या गरी आत्महत्या देखाइएको दाबी गरेका छन्।

लक्ष्मी नोबेल अस्पतालनजिकै डेरा लिएर बस्दै आएकी थिइन्। उनी बस्ने कोठामा सिलिङ फ्यानमा गम्छा र साडीको पासो बनाई झुन्डिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो। तर, परिवारजनले घटनास्थलको अवस्था आत्महत्याकोभन्दा फरक रहेको भन्दै शंका व्यक्त गरेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

“मारेर झुन्ड्याइएको हो” — बाबुको दाबी
मृतकका पिता हनुमान मण्डलले सोमबार राजविराजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै छोरीको हत्या भएको दाबी गरे। उनले भने, “घटनास्थलको अवस्था नियाल्दा छोरीको हत्या गरी झुन्ड्याइएको स्पष्ट देखिन्छ, तर प्रहरी आत्महत्या भनेर टार्न खोज्दैछ।”

उनका अनुसार लक्ष्मी बस्ने कोठाको भेन्टिलेसन ठूलो थियो, जसबाट एकैपटक दुई जना प्रवेश गर्न सक्ने अवस्था थियो। घटनाको समयमा छोरीका साथीहरू छेउको कोठामा रहेको र त्यही क्रममा कसैले भेन्टिलेसनमार्फत छिरेर घटना गराएको उनीहरू बताउँछन्।

हत्या हुनुअघिको गतिविधि र शारीरिक चोटपटक
मृतकका भाइ लवप्रकाश मण्डलका अनुसार लक्ष्मी मृत्यु हुनु एक घण्टा अगाडि मात्र बजारबाट तरकारी किन्न गएकी थिइन् र उनीहरूसँग फोनमा कुराकानी पनि गरेकी थिइन्। “उहाँलाई आत्महत्या गर्नुपर्ने कुनै मानसिक कारण थिएन, यो योजनाबद्ध हत्या हो,” उनले भने।

लवप्रकाशले घटनाबारे दिदीकी साथीसँग १३ गते बिहान जानकारी पाएपछि मात्र परिवार विराटनगर पुगेको बताए। जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको भए पनि अनुसन्धानमा प्रहरी गम्भीर नभएको उनीहरूको गुनासो छ।

उनले घटनास्थलमा खुट्टा भुइँमा टेकेको, दुवै पैताला कालो भएको, शरीरका विभिन्न भागमा नीलडाम देखिएको जानकारी दिँदै सुरुमै कुटपिटपछि करेन्ट लगाएर हत्या गरिई झुन्ड्याइएको हुन सक्ने आशंका व्यक्त गरे।


मृतक लक्ष्मी कार्यरत अस्पताल र स्थानीय प्रशासनले पनि अनुसन्धानमा चासो नदिएको परिवारजनको आरोप छ। घटनाको एक सातासम्म पनि सत्यतथ्य बाहिर नआएको भन्दै उनीहरूले सञ्चारकर्मी, मानव अधिकारकर्मी र सुरक्षा निकायसँग न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन्।

सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले घटनास्थल मोरङमा पर्ने भएकाले त्यहाँका प्रहरी अधिकारीसँग समन्वय गरी छानबिन अगाडि बढाइने आश्वासन दिएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *