काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओम्रिकोनको जोखिम बढेसँगै नेपालले नौ देसबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
सरकारले दक्षिण अफ्रिका, हङकङ, बोत्स्वाना, नामिबिया, जिम्बाबे, लेसोथो, मोजाम्बिक, मलाबी र इसबाटिनीबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
उनीहरूलाई आज (शुक्रबार) राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति दिइने छैन ।
हाल ती देशबाट नेपाल आउँदै गर्दा बाटोमा रहेका यात्रुले अनिवार्य क्वारिन्टिनमा बस्नुपर्नेछ ।