न्यूयोर्कमा हेलिकप्टर दुर्घटना : तीन बालबालिका सहित ६ जनाको मृत्यु

न्यूयोर्क । अमेरिकाको हडसन नदीमा भएको हेलिकप्टर दुर्घटनामा परी तीन बालबालिका सहित ६ जनाको मृत्यु भएको छ । न्यूयोर्कका मेयर एरिक एडम्सले दिएको जानकारी अनुसार हेलिकप्टरमा यात्रा गर्नेमा अमेरिकी पाइलट सहित ५ स्पेनी नागरिक थिए ।

न्युयोर्क प्रहरीले परिवारले पुष्टि नगरेसम्म मृतकको पहिचान नदिने बताएको छ । हेलिकप्टर दुर्घटनाको कारण खोजी हुँदै छ । आकाशबाट हेलिकप्टर हडसन नदीमा खसिरहेको दृश्य सार्वजनिक भएको छ । जर्ज वासिङ्टन पुलतर्फ हेलिकप्टर अगाडि बढिरहेको समयमा दुर्घटना भएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

त्यसको लगत्तै बचाउन प्रयास गरिए पनि त्यो प्रयास सफल भएको थिएन । चार जना घटना स्थलमा तथा दुई जना नजिकै अस्पताल लगिए पछि मृत घोषित भएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *