बुधबारे। न्यू कञ्चन कृषि सहकारी संस्था बुद्धशान्ती ३ झापाले राष्ट्रिय धान दिवस (असार १५) को अवसरमा आज सामूहिक धान रोपाइँ गरेको छ।

संस्थाका अध्यक्ष इश्वरीराज ढकालको अध्यक्षता तथा कृषि विशेषज्ञ फणीन्द्र ढुगानाको प्रमुख आतिथ्यतामा धान रोपेर दिवस मनाइएको हो ।
सोही अवसरमा कृषकलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कृषि तर्फबाट ऋषिराज दंगाल र शिबलाल न्यौपाने पशुपंक्षी पालकतर्फ चन्द्र प्रसाद गौतम र जगदीश ढुंगाना रहेका छन्। कार्यक्रममा धान रोप्नुका साथै दही चिउरा खाएर नाँचगान गरिएको थियो ।
कार्यक्रममा सचिव जनार्दन खतिवडाले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष खेमराज कट्टेलले गरेका थिए ।
