पत्रकार कसैको पनि गोजिको हुनुहुँदैन : अध्यक्ष भुजेल

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले पत्रकार कसैको पनि गोजिको हुनुहुँदैन भन्दै संधै स्वतन्त्र भएर कलम चलाउनुपर्ने बताए । पत्रकार साझा भएकाले आम जनताका गुनासा सुन्दै स्थानीय निकायको गतिबिधिलाई संधै निगरानी गरिरहनुपर्ने समेत बताएका छन् ।

पालिका सन्देश डटकम् डिजिटल अनलाइन पत्रिकाको आयोजनामा झापाको बुद्धशान्ति गाउँपालिकामा आयोजित दुईदिने आधारभुत पत्रकारीता तालिम तथा अनलाइन पत्रिकाको वेवसाईटको औपचारिक रुपमा उद्घाटन गर्दे प्रमुख अतिथि रहेका भुजेलले राज्यको चौँथो अंग पत्रकार भएको कहिल्यैपनि भुल्नुनहुने बताएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रममा पत्रकार महासंघ झापा शाखा सह सचिव अर्जुन राजवंशी, पत्रकार महासंघ झापा शाखा सदस्य तथा बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष अनिल वाग्ले, इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख निराजन कटुवाल, बुद्धशान्ति उद्योग बाणिज्य संघका उपाध्यक्ष दिपक सापकोटा, सीतारमेश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केशव ढुंगेलको बिशेष आतिथ्य तथा बुद्धशान्ति प्रेस क्लबका सल्लाहकार गंगारम गड्तौला, बुद्धशान्ति साप्ताहिकका सम्पादक रोसन भट्टराई, सेम्पल टेक्निकलका सञ्चालक उमेश भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।


बिशेष आतिथि रहेका पत्रकार महासंघ झापा शाखाका सह सचिव राजवंशीले पत्रकार संग आधारभूत रुपमा सवैक्षेत्रको ज्ञान हुनुपर्ने भन्दै शंकाको भरमा समाचार नलेख्न आग्रह गरेका थिए । उनले झापमा तीनसय बढी पत्रकार रहेको बताउँदै आजको तालिमबाट थप स्वतन्त्र पत्रकारको रुपमा जन्महुने विश्वास लिएको बताए । उनले सहभागी प्रशिक्षार्थी पत्रकारलाई सफलताको शुभकामना समेत दिएका थिए ।


बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष अनिल वाग्लेले पत्रकारीता सम्वेदनशील पेशा रहेको बताउँदै समाचारका सकारात्मक तथा नकारात्मक प्रभाववारे बताउँदै प्रशिक्षार्थीलाई आधारभुत पत्रकारीताका बारेमा तालिम दिएका थिए ।


सोही अवसरमा लामो समयसम्म पत्रकारीता पेशामा आवद्ध रहेर पत्रकारीता गरिरहेका झापाका पत्रकार बिष्णुप्रसाद लामिछानेलाई पालिका सन्देशको प्रधान सम्पादकमा नियुक्ति गरिएकोे छ । पत्रिकाका अध्यक्ष सुरज दंगालले उक्त कार्यक्रमका बिच लामिछानेलाई प्रधान सम्पादकको रुपमा घोषणा गरेका हुन । नवनियुक्त प्रधान सम्पादक लामिछानेलाई प्रमुख अतिथि भुजेल, बिशिष्ट अतिथि तथा अतिथिहरुले खदा ओढाएर शुभकामना दिएका थिए ।

बुधबारे स्थित रामजानकी मन्दिरको सभाहलमा आयोजित तालिममा १७ जना प्रशिक्षार्थीको सहभागिता रहेको तालिममा अनलाइन पत्रिकाका अध्यक्ष सुरज दंगालको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्य रहेको थियो । तालिम कार्यक्रमको सञ्चालन सम्पादक तीर्थ तिम्सिनाले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *