Search
Close this search box.
Search
Close this search box.

पत्रकार सहारा उपचार कोषमा सहयोग जारी

बिर्तामोड, पुस १८। नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा सहयोग गर्नेक्रम जारी रहेको छ ।
यसैबीच बुधबार बिर्तामोड–१ निवासी रोचक र मञ्जु बस्नेतले आफ्नी छोरी एमीको जन्मोत्सवको अवसर पारी १५ हजार रुपैयाँ प्रदान गरेका छन् । बिर्तामोडस्थित होटल टाइमलेसका सञ्चालक रहेका बस्नेतले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त रकम प्रदान गरेका हुन् ।


उक्त अवसरमा बस्नेतका पिता जितेन्द्र, माता सुलोचना, छोरी अमण्डा लगायतको समेत उपस्थिति रहेको थियो ।
त्यसैगरी झापाका अग्रज पत्रकार शिरो सान्दाइ खतिवडाले पत्रकार सहारा उपचार कोषका लागि १५ हजार रुपैयाँ प्रदान गरेका छन् । महासंघ झापाको ३६औं स्थापना दिवसमा उनले अध्यक्ष गिरीलाई उक्त रकमको चेक प्रदान गरेका थिए ।

EPIC EPIC EPIC


पत्रकार सहारा उपचार कोषमा हाल एक करोड ११ लाख रुपैयाँ रहेको छ । कोषको ब्याजबाट पत्रकारहरु घाइते हुँदा, बिरामी हुँदा, पत्रकार महिला सुत्केरी हुँदा, पत्रकारको परिवारमा मरिमराउ हुँदा तथा महासंघका सदस्यको निधन भएमा उपचार तथा राहत प्रदान गरिँदै आएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *