पथरिया माविमा सम्पन्न भयो शिक्षक नियुक्तिको परीक्षा, एकता राजवंशी मात्र परीक्षार्थी

कचनकवल । कर्मचारी नियुक्त चलखेलका बीच  कचनकवल गाउँपालिका–३ स्थित पथरिया माध्यमिक विद्यालयमा लेखा कर्मचारी पदको परीक्षा भएको छ । कचनकवल गाउँपालिकामा आइतबार भएको लिखित परीक्षामा एकजना मात्र परीक्षार्थीको उपस्थिति थियो । प्रारम्भिक रूपमा तीन जनाको नाम आवेदनकर्ताका रूपमा सार्वजनिक भए पनि अन्ततः एकता राजवंशी मात्र परीक्षा दिन पुगेकी थिइन्। राजवंशीले मात्र परीक्षा दिएकीले उनको जागिर पक्का भएको छ । 

परीक्षामा अनुपस्थित हुने अन्य दुई उम्मेदवारमध्ये सृजना यादव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा परीक्षा संयोजक जयनारायण यादवकी छोरी हुन्। उनले विगतमा परीक्षा प्रक्रियासम्बन्धी उठेका विवाद तथा पारदर्शितामाथि आशङ्का जनाउँदै परीक्षा बहिष्कार गर्ने घोषणा गरेकी थिइन्। अर्का उम्मेदवार लक्ष्मीनारायण भण्डारीले भने अन्तिम सूचीमा आफ्नो नाम समावेश नहुने अवस्था देखेपछि परीक्षा नदिएको बताएका छन्। 

EPIC EPIC EPIC EPIC EPIC

विद्यालयले परीक्षा जेठ १८ गते नै सार्वजनिक सूचना अनुसार सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गुणराज गुरागाईँले जानकारी दिए। जेठ ७ गते तय भएको परीक्षा अध्यक्ष यादवले स्थगित गरेपछि प्रक्रियामाथि प्रश्न उठ्दै आएका थियो । त्यसपछि सृजना यादवले परीक्षा नदिने निर्णय सार्वजनिक गरेकी थिइन्। 

आइतबार सम्पन्न परीक्षा संयोजकको जिम्मेवारी भने स्वास्थ्य कारण देखाउँदै अध्यक्ष यादवले विद्यालय व्यवस्थापन समितिकी अर्की सदस्य कसी राजवंशीलाई सुम्पिएका थिए। अध्यक्ष यादवले भने, ‘छोरीकै कारण विवाद भएको थियो, छोरीले त परीक्षा दिइनन्, गाउँपालिकाले लिएको परीक्षा अब पारदर्शी भयो त ?’ 

परीक्षामा सहभागी भएकी एकता राजवंशी कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीकी नजिकको पात्र रहेको विषय पहिल्यैदेखि चर्चाको विषय बनेको थियो। नातागोता र राजनीतिक पहुँचको आशङ्कासहित सामाजिक सञ्जाल र स्थानीय तहमा व्यापक प्रश्न उठेको थियो । गाउँपालिका अध्यक्ष राजवंशी काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि भएको र परीक्षा दिने परीक्षार्थी पनि काँग्रेस निकट कार्यकर्ताकै आफन्त भएकोले गाउँपालिका अध्यक्षले उनलाई नै संरक्षण गरेको जनाइएको छ । 

विद्यालयले अब परीक्षा सम्पन्न भइसकेकाले नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरिरहेको जनाएको छ। तर एक मात्र उम्मेदवारको सहभागिता, समितिका पदाधिकारीका आफन्तको सहभागिता, र अन्तिम सूचीको प्रक्रियागत अस्पष्टता लगायत विषयले स्थानीय स्तरमा निष्पक्षता र पारदर्शितामाथि गम्भीर प्रश्न उठिरहेको छ ।   विद्यालयले भने आन्तरिक प्रक्रियाअनुसार कार्य अगाडि बढाइएको दाबी गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *