Search
Close this search box.
Search
Close this search box.

पथरीशनिश्चरेमा बाच्छी नब्याउँदै दियो दैनिक अढाई लिटर दुध

उर्लाबारी। मोरङको पथरीशनिश्चरे –९ रिगुवाकी इन्दिरा गौतमले पाल्नु भएको बाच्छी नब्याएको कोरली गाईले दैनिक अढाई लिटर दुध दिन थालेको छ । गाईले २०८० साल भदौ १० गतेदेखि दैनिक दुध दिन थालको उहाँको भनाइ छ ।  

गौतमले पाँच हजार रुपियाँमा स्थानीय पशु हाटबाट ९ महिनाको बाच्छी किनेर ल्याउनुभएको थियो । किनेर ल्याएको सात महिनापछि गाईको फाँचोमा दुध भरियो । गौतमले भन्नुभयो, “पशु चिकित्सकको सल्लाह बमोजिम दुहुन थाल्यौँ । सुरुमा बिहान २५० मिलिमिटर र साँझ २५० मिलिमिटर दुध दिएको गाईले पछि बिहान बेलुका एक–एक लिटर दुध दिन थाल्यो । अरू गाईजस्तै दुध दिन्छ । खाँदा स्वाद फरक छैन । ९ महिना भयो, हाल बिहान मात्र दुध दुन्छौं ।” 

EPIC

पशु विज्ञ केन्द्र मोरङका वरिष्ठ पशु चिकित्सक डा. अजयकुमार साह उच्च हर्मोनको विकासका कारण नब्याएको गाईले दुध दिने गरेको बताउनुभयो । यो अत्यन्तै दुर्लभ केस हो । उहाँले फिल्डमा हिँड्दा अहिलेसम्म मुस्किलले ३–४ वटा गाईमा यस्तो भेटिएको बताउनुभयो । ‘मस्तिष्क ग्रन्थिबाट बन्ने शरीरको रसायन नै झोल बन्छ र दुध बनेर निस्कन्छ । दुध बन्ने प्रक्रिया सबै एउटै हो । तर नब्याएको गाईले हर्मोनमा गडबडी हुँदा दुध दिन्छ’, उहाँले भन्नुभयो । यो दुध खान कुनै समस्या नहुने डा. साहले बताउनुभयो । 

गाईधनी गौतमले पितृ कर्ममा गाईको दुध प्रयोग नगर्न आफूभन्दा बुढापाकाले सुझाएका कारण हालसम्म खानमा मात्र प्रयोग गरिरहेको बताउनुभयो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *