परम्परागत परिकार भाक्काको अन्तर्राष्ट्रिय लोकप्रियता प्रति गर्व: उपाध्यक्ष भट्टराई

झापा — कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले आठौँ राष्ट्रिय भाक्का दिवस २०८१को अवसरमा शुभकामना सन्देश दिँदै भाक्का परिकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याएको योगदानप्रति गर्व व्यक्त गर्नुभएको छ।

EPIC

उहाँले परापूर्वकालदेखि पूर्वी तराईका आदिवासी समुदायसँग जोडिएको भाक्काको सांस्कृतिक महत्व र यसको संरक्षणमा राजवंशी समाज विकास समितिले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ।

EPIC EPIC EPIC

झापाको डोमालाल रंगशालामा आयोजित यस दिवसले नेपाली संस्कृतिले सबैलाई एकताको सूत्रमा बाँध्ने प्रेरणा दिएको उल्लेख गर्दै उपाध्यक्ष भट्टराईले सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनीलाई शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले भन्नुभयो, “भाक्का हाम्रो परम्परा र पहिचान हो। यसले हाम्रो सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यस दिवसले हाम्रा परम्परागत सम्पदाप्रतिको प्रेम र सम्मान अझै बढोस् भन्ने कामना गर्दछु।”

शुभकामना सन्देशमा उहाँले राष्ट्रिय भाक्का दिवसको भव्य सफलताको कामना गर्दै यो परम्परागत परिकारलाई अझ व्यापक बनाउन सबैमा आह्वान गर्नुभएको छ।

– नवराज भट्टराई, उपाध्यक्ष
कचनकवल गाउँपालिका, झापा

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *