परिचयपत्र नभएका विदेशीलाई घरभाडा नदिनू : गृह मन्त्रालय

काठमाडौँ सरकारले परिचयपत्र नभएका विदेशी नागरिकलाई घरभाडा तथा काममा नलगाउन निर्देशन दिएको छ । सोमबार गृहमन्त्रालयले विज्ञप्‍ति जारी गर्दै पछिल्लो केही दिनयता कतिपय विदेशी नागरिक परिचय लुकाइ अनाधिकृत रुपमा प्रवेश गरी नेपालमा बसोबास गर्ने प्रयास गरिरहेकाले परिचय नखुल्‍नेलाई घर वा फ्ल्‍याट भाडामा नदिन अनुरोध गरेको छ । 

विज्ञप्‍तिमा पहिचान नखुलेका विदेशी नागरिक देखिएमा वा भेटिएमा नजिकको प्रहरीलाई खबर गर्न पनि अनुरोध गरिएको छ । आज मात्र अफगानी ११ जना, ३ जना पाकिस्तानी नागरिकलाई प्रहरीलाई नियन्त्रणमा लिएको छ । केही दिनअघि मात्र उनीहरू नेपाल प्रवेश गरेका थिए । पछिल्लो समय खुला सीमाका कारण विदेशी नागरिकहरू सहजै नेपाल प्रवेश गर्ने घटना बढ्दै गएको छ । 

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *