परीक्षा स्थगित गर्ने दोषीलाई कारबाहीको माग राख्दै अनेरास्ववियुले प्रधानाध्यापकलाई बुझायो ध्यानाकर्षण पत्र

कचनकवल। झापाको कचनकवल गाउँपालिका २ सुकुनाडीगीमा रहेको श्री लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयमा हिजो ( मंगलबार ) बाट सञ्चालन हुने भनिएको कक्षा ११ र १२ को त्रैमासिक परीक्षा विद्यालय व्यवस्थापन समिति र शिक्षकबीच मतभेदका कारण अनिश्चितकालका लागी स्थगित भएको छ ।

सोही विषयको खेद प्रकट गर्दै अनेरास्ववियु लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालय कमिटीले अध्यक्ष समिर बुढाथोकीको नेतृत्वमा दोषीको पहिचान गरेर कारबाहीको माग राख्दै आज विद्यालयको प्रधानाध्यापक सुभद्रा अधिकारीलाई ध्यानाकर्षण बुझाएका छन्

EPIC EPIC EPIC EPIC EPIC

पत्रमा लेखिएको छ:

नेपाली विद्यार्थी आन्दोलनको मूल प्रवाह अनेरास्ववियु नेपालको शैक्षिक आन्दोलन तथा लोकतान्त्रीक आन्दोलनमा अनवरत रुपमा लडिरहेको कुरा सर्वविदितै छ। स्थापनाकाल देखि नै नेपाली विद्यार्थीहरूको हकहितका लागि गौरवपूर्ण, ओजिलो, विरासतपूर्ण आन्दोलनको नेतृत्व गर्दै राष्ट्र, रास्ट्रीयता र जनजिविकाको सबालमा सदैव निर्णायक बनेको जगजाहेर नै छ ।

कचनकवलकै सबै भन्दा बढी विद्यार्थी भएको र लामो समय देखि नमुना विद्यालयको रुपमा रहेको यस लक्ष्मी प्रसाद देवकोटा मा.वि.कै व्यवस्थापक बाट भएको गौर जिम्मेवार पूर्ण कार्य प्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन खेद प्रकट गर्दछ । विद्यालयको कार्यतालिकामा पर्ने त्रैमासिक परीक्षा अन्तिम क्षणमा आई रद्ध गरि विद्यालय प्रशासनले विद्यार्थीको भविष्य माथि खेलबाड गरेको छ । यस कार्य गर्ने जो कोही माथि छानविन गरि दोषी उपर कारबाही गर्न जोडदार माग गर्दछौँ । विद्यार्थीहरूलाई अन्योलमा नपारी आन्तरिक क्षमताको मूल्यांकन गर्ने अवसर प्रदान गर्न अनुरोध गर्न चाहन्छौँ साथै विद्यालयलाई विद्यार्थी मैत्री वातावरण प्रदान गरि असल, इमानदार र क्षमतावान नागरिक बन्न शिक्षा प्रधान गर्नु हुने भन्ने अपेक्षा राख्दछौँ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *