Search
Close this search box.
Search
Close this search box.

पशुपंक्षी बास–बगैंचा कार्यक्रम अन्तर्गत अर्जुनधारामा वृक्षारोपण

बिर्तामोड, साउन २४ । झापाको अर्जुनधारामा आज विश्व भू–संरक्षण दिवसको अवसरमा अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको छ ।

अर्जुनधाराको ‘पशुपंक्षी बास–बगैंचा कार्यक्रम’ अन्तर्गत नेपाली सेनाको अरिदमन गणले उपलब्ध गराएको अमला, तित्री, हर्रो, बर्रो र जामुनको बिरुवा रोपिएको हो ।

EPIC

अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनलले सामुदायिक वनबाट निस्किने जंगली जनावर तथा चराचुरुङ्गीले आसपासका किसानले लगाएको बालीमा क्षति पु¥याउँदै आएकाले सोको न्यूनीकरणका लागि सामुदायिक वनमा पशुपंक्षीमैत्री बिरुवा रोप्ने अभियान शुरु गरिएको बताए ।

प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना, रौतहट–४ का सांसद देवप्रसाद तिम्सिना, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन, नेपाली सेनाका सहायक रथी युवधिरमानसिंह अधिकारी, अरिदमन गण चारआलीका गणपति प्राजु बस्नेत, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रपसाद प्रसाईं लगायतले वृक्षारोपण गरेका थिए।

वृक्षारोपण कार्यक्रममा अर्जुनधारा–१ का वडाध्यक्ष उपेन्द्र बस्नेत, शान्ति सामुदायिक वनका उपाध्यक्ष लक्ष्मी कन्दंवा, इलाका प्रहरी कार्यालय अनारमनीका निरीक्षक नरेश लिम्बू लगायतको उपस्थिति रहेको थियो । वन समूहका अध्यक्ष चन्द्रप्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत तथा सञ्चालन वनका सचिव प्रभा नेपालले गरेकी थिइन ।

अर्जुनधारा नगर क्षेत्रका सामुदायिक वनमा पाँच हजार बिरुवा रोप्ने लक्ष्य राखिएको नगरपालिका प्रेस संयोजक नन्दलाल खतिवडाले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *