पशुपति क्षेत्रको १०० वर्षदेखि ‘हराएको’ ब्रम्हा मन्दिर पुनर्निर्माण हुँदै

पशुपति क्षेत्रमा रहेको काठमाडौँ महानगरपालिका–८ स्थित ऐतिहासिक एवं पुरातात्विक महत्वको ब्रह्मा मन्दिर पुनर्निर्माण हुने भएको छ । उक्त मन्दिर पुनर्निर्माणका लागि आज शिलान्यास गरिएको छ ।

EPIC


छैटौँदेखि सातौँ शताब्दीको उक्त मन्दिरको आज विधिपूर्वक पूजा अर्चनासहित शिलान्यास गरिएको हो ।महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडाअध्यक्ष आशामान संगत र महानगरपालिका सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

EPIC EPIC EPIC

‘काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभागले निर्माण गर्न लागेको ब्रह्मा मन्दिरको लागत करिब रु एक करोड १४ लाख ६८ हजार दुई सय ६९ रहेको छ’, सम्पदा तथा पर्यटन विभाग प्रमुख एवं कामपा–८ का वडाअध्यक्ष आशामान संगतले भने । ब्रह्मा मन्दिर २०८२ साल साउन २६ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । माटो इँटा र काठको प्रयोगबाट मन्दिर दुई तल्लाको प्यागोडा शैलीमा निर्माण हुने र शिरमा गजुर राखिने जनाइएको छ ।

एक सय वर्षभन्दा अगाडिदेखि भग्नावशेषका रूपमा रहेको यो मन्दिरको २०७९ साल माघमा पुनः निर्माणका लागि क्षमा पुजा गरिएको थियो । तत्कालीन अवस्थामा पुरातत्व विभागबाट पास भएको नक्सामा शिलान्यास गरिएको थियो । मन्दिरको जग खोज्दै जाँदा जग ठुलो भएकाले पुनः पुरातत्वविद् एवं इञ्जिनियरसँग छलफल गरेर यसको शैलीमा परिवर्तन गरिएको हो । हाल भग्नावशेष रहेको आधारमानै निर्माण गर्न लागिएको वडाअध्यक्ष संगतले बताए ।

टेन्डर प्रक्रियाद्वारा मन्दिर निर्माण गर्न लागिएको हो । महानगरपालिका सम्पदा तथा पर्यटन विभाग, कोष, पुरातत्व विभाग, वडा–८ सहितका निकायको समन्वयमा पुनर्निर्माणको पहल गरिएको हो । ब्रह्मा भगवानको मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी कार्यालयमा रहेको छ । मन्दिर निर्माणपछि त्यहीँ राख्ने तयारी छ । मिडिना कन्ट्रक्सन प्रालिले उक्त मन्दिर निर्माण गर्न लागेको हो । मन्दिरको ऐतिहासिकतालाई जोगाइ पुनर्निर्माण गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *