देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको र यतिबेला (आइतबार बिहान) देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई तथा उपत्यका क्षेत्रमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशभर आंशिक बदली रहने छ भने तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।
यस्तै राति पनि देशभर आंशिक बदली रहने छ र तराईमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।
यसैबीच मौसम महाशाखाले तराईमा तापक्रम हल्का घट्ने तथा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने भनी सतर्कता सूचना पनि जारी गरेको छ।



















