पहिरोमा परेर ज्यान गुमाएकाहरूको परिवारलाई आर्थिक सहयोग वितरण

बाग्लुङ। सरकारले मनसुनजन्य विपद्बाट ज्यान गुमाएका बाग्लुङका तीनजनाका परिवारलाई राहतस्वरुप छ लाख ५० हजार नगद प्रदान गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले यही असार २७ गते राति बाग्लुङ नगरपालिका-७ तितौरेमा पहिरोमा परी ज्यान गुमाएकी ५५ वर्षीया खिलकुमारी शर्माकी छोरी निर्मलालाई दुई लाख ५० हजार नगद प्रदान गरेको हो ।

EPIC EPIC EPIC

यसैगरी यही असार १५ गते राति घर पुरिँदा गलकोट नगरपालिका-८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र निजकी ५० वर्षीया श्रीमती वसन्ती विकको मृत्यु भएको थियो ।

विकका परिवारलाई चार लाख  नगद प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले बताए । उक्त रकम  संघीय र प्रदेश सरकारबाट प्राप्त भएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *