पहिरोमा पुरिएर रामेछापमा तीन किशोरीको मृत्यु

रामेछाप । रामेछापमा पहिरोमा पुरिएर ३ किशोरीको मृत्यु भएको छ। गोकुलगंगा गाउँपालिका–६ फर्पु मा गएराति पहिरोमा परेर तीन किशोरीको ज्यान गएको प्रहरीको भनाइ छ।

EPIC

स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका १७ वर्षकी सिता तामाङ्ग, १४ वर्षकी आसिका तामाङ्ग र १३ वर्षकी लक्ष्मी तामाङ्गको मृत्यु भएको होे।

EPIC EPIC EPIC

स्थानीय गोपी तामाङ्गका अनुसार रोपाईं गरेर घर आएका तीन जना किशोरीहरु आगो बालेर ताप्दै गर्दा घर माथिको डिस्को भत्किएर लेदो घर भित्र पस्दा लेदोले पुरिएर तीनै जनाको मृत्यु भएको हो।

पहिरोले घर पुरिएको सूचना पाउना साथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना समेतको उद्धार टोली गाउँतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *