Search
Close this search box.
Search
Close this search box.

पहिरोमा पुरिएर सत्तरीवटा बाख्रा मरे

बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नम्बर –२ कोटी चौकामा रहेको बाख्रीगोठमा पहिरो आउँदा सत्तरी बाख्रा पुरिएर मरेका छन् ।

बाजुरा। बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नम्बर –२ कोटी चौकामा रहेको बाख्रीगोठमा पहिरो आउँदा सत्तरी बाख्रा पुरिएर मरेका छन् ।

गत शुक्रबार राति आएका अविरल वर्षातका कारण बाख्री गोठमाथिबाट एक्कासि आएको पहिरोले पुरेपछि गोठमा रहेका ७० बाख्रा मरेको हुन् ।

EPIC EPIC EPIC

पहिरोले पुरेर यहाँका गोरखराज बोहराका ४० जर्म बोहराका १० र जीवन बोहराका २० गरी ७० वटा बाख्रा पहिरोले पुरेर मरेको हिमाली गाउँपालिका(२ का स्थानीय गोरखराज बोहराले बताए ।

उनले भने, “गोठमा रहेको ८० बाख्रामा १० वटा बाख्रा सकुशल रहेको छन् । अन्य ७० वटा बाख्रा पहिरोमा पुरेर मरेका हुन् ।”

गाउँमै केही व्यवसाय गरेर खानु पर्छ भने बाख्रा पालेर गाउँमा बसेको थिए । गएराति पानी परेको बेलामा एक्कासि पहिरो आएको सबै बाख्रालाई मरेपछि अब के व्यवसाय गरेर बस्ने स्थानीय बोहराले बताए ।

हिमाली गाउँपालिका-२ को कोटीमा आएको पहिरोले ७० वटा भेडा मरेको भन्ने खबर आएपछि अहिले त्यो ठाउँमा प्रहरीका टोली पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
1
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *