पहिरोमा पुरिएर स्काभेटर चालकको मृत्यु

म्याग्दीको धवलागिरि गाउँपालिका– ३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।​​

जलविद्युत् आयोजनाको पाइपलाइनका लागि निर्माणाधीन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर स्काभेटर चालक ३२ वर्षका खेमराज कुमाललको मृत्यु भएको प्रहरीले जनाएको छ । ​​

EPIC EPIC EPIC EPIC

स्याङजाको चापाकोट नगरपालिका– ८ घर भएका स्काभेटर चालक कुमालको शव स्काभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको हो ।

उनको शव परीक्षणका लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले जानकारी दिए ।

घटनापछि प्रहरी र स्थानीयवासीले स्काभेटर चालकको शव पहिरोबाट बाहिर निकालेका थिए ।

मोटरबाटो खन्दै गरेको समयमा अचानक माथिबाट खसेको पहिरोले स्काभेटर समेत पूर्ण रूपमा क्षति भएको छ ।​

दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६ दशमलव ५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले ‘पेनस्टक पाइप’ राख्नका लागि अहिले लाम्पुस भीरमा सडक निर्माण गरिरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *