सडक माथिबाट खसेको लेदोले बीपी राजमार्ग अवरुद्ध भएको छ।
सोमबार साँझ १७ः१० बजे काभ्रेको रोशी गाउँपालिका–९ नार्के स्थित सडक खण्ड अवरुद्ध भएको हो।
अविरल वर्षाका कारण सडक माथिबाट लेदो आई दुवैतर्फी अवरोध भएको प्रहरीले जनाएको छ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेबाट प्रहरी टोली गएको छ।
साथै, सडक विभागको जेसीबीद्वारा लेदो पन्छाउने कार्य भइरहेको छ।