इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेट २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंग्लोरले जितेको छ। नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा मंगलबार राति भएको फाइनलमा पञ्जाव किंग्सलाई ६ रनले पराजित गर्दै बैंग्लोरले उपाधि जितेको हो।
विराट कोहली सम्मिलित बैंग्लोर पहिलो पटक उपाधि जित्न सफल भयो भने युवा कप्तान श्रीयस अय्यरको नेतृत्वमा रहेको पञ्जाव किंग्स उपविजेता बन्यो।
पञ्जावले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्रै बनाउन सक्यो।
बैंग्लोरले ९ विकेट गुमाएर बनाएको १९० चेज गर्ने लक्ष्यसहित मैदान उत्रिएको पञ्जावको सुरुआत मध्यम रह्यो। प्रियान्स आर्या र प्रभशिमरन सिंहले पहिलो विकेटका लागि ४३ रनको सझेदारी गरे । प्रियान्स १९ बलमा २४ रन बनाएर आउट भए । त्यसपछि प्रभसिमरनलाई जोस इंग्लिसले साथ दिएका थिए । तर प्रभ शिमरन २२ बलमा २६ रन बनाएर दोस्रो विकेटको रुपमा पभेलियन फर्किए ।
यसैगरी कप्तान श्रीयस अय्यर १ रन बनाएर आउट हुनु नै पञ्जावका लागि दुर्भाग्य बन्यो । जारी प्रतियोगिताका अघिल्ला खेलमा उत्कृष्ट फर्मममा रहेका अय्यरको ब्याट चल्न सकेन । चौथो विकेटको रुप्मा जोस इंग्लिसले २३ बलमा ३९ रनको पारि खेलेर विदा भए । उनले चार छक्का र एक चौका प्रहार गरे ।
त्यसैगरी नेहाल वाधेराले १५ रन बनाउँदा शशांक सिंहले अन्तिमसम्म प्रयास गरेका थिए । अजमतुल्लाह ओमर जाइ १ रन बनाएर आउट हुँदा पञ्जावले ७ विकेट गुमाएर १४५ रन बनाएको थियो । शशांक सिंहले ३० बलमा ६१ रनको नटआउट पारि खेल्दा ६ छक्का ३ चौका प्रहार गरे । बैंग्लोरका भुवनेश्वर कुमार र क्रुनाल पाण्ड्याले दुई दुई विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरको सुरुवात खराब रह्यो ।
फिल साल्ट नौ बलमा दुई चौका र एक छक्काको मद्दतले १६ रन बनाएर आउट भए । उनलाई जेमिसनले आउट गरे । यसपछि विराट कोहलीले मयंक अग्रवालसँग इनिङ सम्हाल्ने प्रयास गरे, तर मयंक ठूला सटको पछि लागेर आउट भए। उनी १८ बलमा दुई चौका र एक छक्काको मद्दतले २४ रन बनाएर आउट भए ।
यसपछि रजत पाटीदार १६ बलमा २६ रन बनाएर पवेलियन गए । विराटले लिभिङस्टोनसँग ३६ रनको साझेदारी गरे । विराटले ३५ बलमा तीन चौकाको मद्दतले ४३ रन बनाएपछि अजमतुल्लाहको शिकार बने ।
जितेश शर्माले ज्वलन्त इनिङ खेले, तर ठूला सटको खोजीमा विजयकुमारले उनलाई बोल्ड गरे । जितेशले १० बलमा दुई चौका र दुई छक्काको मद्दतले २४ रन बनाए । अर्शदीपले अन्तिम ओभरमा तीन विकेट लिए ।
उनले २० औं ओभरको दोस्रो बलमा रोमारियो शेफर्ड (१७ रन), चौथो बलमा कृणाल पाण्ड्या (४ रन) र भुवनेश्वर कुमार (१ रन) को विकेट लिए। पञ्जाबका लागि अर्शदीप र जेमिसनले तीन–तीन विकेट लिए । अज्मतुल्लाह उमरजाई, विजयकुमार विशाख र युजवेन्द्र चहलले एक–एक विकेट लिए ।