पाँचथरको याङ्वरकमा पहिरोले १०४ घरपरिवार विस्थापित

पहिरोले पाँचथरको याङ्वरक गाउँपालिकामा १०४ घरपरिवार विस्थापित भएका छन्। वडा नम्बर ३ मा ६२ र वडा नम्बर २ मा ४२ घरपरिवार विस्थापित भएका गाउँपालिकाका सूचना अधिकारी केन्द्र खनालले जानकारी दिए।

निरन्तरको वर्षासँगै असार २ देखि अहिलेसम्म गरी गाउँपालिकामा धेरै घरपरिवार विस्थापित भएका र उनीहरु विभिन्न स्थानमा आश्रय लिइरहेका सूचना अधिकारी खनालले बताए। उनका अनुसार गाउँपालिकाले उनीहरुलाई एक चरणमा राहत वितरणसमेत गरेको छ।

EPIC EPIC EPIC

वडा नम्बर ३  ओयाम र वडा नम्बर २ फलैंचा तथा वडा नम्बर १ च्याङथापुमा रहेका अधिकांश घर पहिरोको जोखिममा छन्। ओयामको सामाखु, चोथ्रोक, फाक्लुङ र वडा नम्बर २ को सेरेजालगायतका स्थानमा पहिरो गएको छ। जोखिम रहेको स्थानका नागरिकलाई नजिकै रहेका सुरक्षित बस्ती र आफन्तका घरमा सारिएको छ।

पहिरोका कारण ओयामदेखि च्याङथापु जोड्ने मध्यपहाडी राजमार्गसहित सहायक सडकमा क्षति पुगेको छ। बाढीले ओयाम खोला र फलाम खोलाका पक्की पुलसमेत बगाउँदा च्याङ्थापु–ओयाम आवागमन ठप्प प्रायः छ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले त्यस क्षेत्रका ४९ घरपरिवारलाई प्रारम्भिक राहत दिनुका साथै क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *