पाँचथरमा दुर्घटना हुँदा ६ जनाको मृत्यु

पाँचथर। पाँचथरमा मे १ ज ३०५५ नम्बरको पिकअप सडकबाट अनियन्त्रित भई करिब ५ सय मिटर तल खसेर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा अन्य ६ जना यात्रुको अवस्था गम्भीर रहेको छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । घाइतेमध्ये ५ जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र १ जनालाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको पाँचथरका डीएसपी अनिशकुमार कर्णले जानकारी दिए ।

शनिबार मध्याह्न तमोर करिडोर अन्तरगत कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा पिकअप गाडी दुर्घटना भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *