बुद्धशान्ति । पाँचपोखरी सामुदायिक वनको अध्यक्षमा चेतन आचार्य निर्वाचित भएका छन् ।
मंगलवार सम्पन्न निर्वाचनबाट आचार्य अध्यक्षमा निर्वाचित भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी विष्णुप्रसाद न्यौपानेलाई १७९ मत अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भए ।
आचार्यले ३६४ मत प्राप्त गर्दा न्यौपानेले १८५ मत मात्र प्राप्त गरेका थिए । सामाजिक रुपमा क्रियाशिल न्यौपाने यस अघि अध्यक्षमा उपविजेता बनेका थिए ।
सामुदायिक वनको क्षेत्रमा निरन्तर क्रियाशिल रहेर ३ वर्षपछि पुन ः अध्यक्षमा उम्मेदवारी दिँदै निर्वाचित बनेका हुन् ।
यसैगरी वनको उपाध्यक्षमा श्याम धिमाल निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी झोमनाथ दाहाललाई हराउँदै उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
धिमालले ३३१ मत प्राप्त गर्दा दाहालले १७४ मत प्राप्त गरेका थिए । सचिव पदमा बबिता चौधरी निर्वाचित निर्वाचित भएकी छिन् छ । उनले शोभा धिमाल र पुष्पमा कार्कीलाई पछि पार्दै सचिवमा जित निकाल्न सफल बननेकी हुन् । चौधरीले ३२५ मत प्राप्त गर्दा धिमालले ९५ र कार्कीले ८९ मत मात्र प्राप्त गरेका थिए।
सहसचिव पदमा खेम मगर निर्वाचित भएका हुन् । सहसचिव पदमा ४ जनाको प्रतिस्पर्धा भएको थियो । जसमा खेम मगरले २०३ मत प्राप्त गर्दै विजेता भएका हुन् । उपविजेता बनेका अनु खतिवडाले १२८ मत, दिपक थपलियाले ८९ मत र शशिला पौडेलले ३९ मत प्राप्त गरेका थिए ।
यसैगरी कोषाध्यक्ष पदमा मन्दिरा दनुवार निर्वाचित भइन । उनले प्रतिस्पर्धी रेखा अधिकारीलाई पछि पार्दै कोषाध्यक्षमा निर्वाचित भएकी बुद्धशान्ति ५ का वडा अध्यक्ष तथा निर्वाचन समितिका सदस्य डेगेन्द्र कार्कीले बताए ।
वडा अध्यक्ष कार्की अनुसार अधिकारीले १७९ मत प्राप्त गर्दा दनुवारले २९५ मत प्राप्त गरेकी थिइन् ।
वनको निर्वाचनमा जम्मा ६११ मत मध्ये ५६४ मत खसेको वडा अध्यक्ष कार्कीले बताए । समितिको कार्यकाल ३ वर्षको हुनेछ ।