पाँच महिलालाई काठमाडौं लेडी जेसिजको सम्मान

काठमाडौं । काठमाडौं लेडी जेसिजले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पाँच जना महिलालाई सम्मान गरेको छ ।

विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने पाँच जना महिलाहरुलाई एक समारोहका बीच सम्मान गरेको हो । काठमाडौं लेडी जेसिजले सञ्चार क्षेत्रबाट दीपा दाहाल, खेलकुद क्षेत्रबाट अश्मिना कर्मचार्य, सुरक्षा क्षेत्रबाट मीनादेवी राई, यातायात क्षेत्रबाट हर्मिता श्रेष्ठ, स्वस्थ्य क्षेत्रबाट मनिषा सिम्खडालाई सम्मान गरिएको हो । काठमाडौं लेडी जेसिजका शाखा अध्यक्ष स्तुति बुढाथोकीले समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएबापत सम्मान गरिएको बताइन् । उनले आगामी दिनमा पनि यस्ता खालका सम्मानका कार्यक्रमहरुलाई निरन्तरता दिने बताइन् ।

EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष रबिन पोख्रेलले महिलाहरु पनि पुरुषसरह सक्षम भएको बताउँदै उनीहरुलाई थप हौसला प्रदान गर्नुपर्ने बताए । कार्यक्रममा विभिन्न शाखाका अध्यक्षहरु, पदाधिकारीहरु अन्य संस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *