पाकिस्तानमा मस्जिद नजिकै विष्फोट हुँदा ५२ जनाको मृत्यु, ५४ घाइते

इस्लामवाद। पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विष्फोटमा परी कम्तीमा ५२ जनाको मृत्यु भएको छ । घटनामा करिब ५४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

इद मिलादुन नबी मनाउन मानिसहरु भेला भएको मस्जिद नजिकै उक्त विस्फोट भएको जनाउँदै प्रहरीले घाइतेहरुको बलुचिस्तान र क्वेटाका अस्पतालमा उपचार भइरहेको बताएको छ । विष्फोटमा १ जना प्रहरी अधिकारीले पनि ज्यान गुमाएका छन् । 

EPIC EPIC EPIC EPIC EPIC

बलुचिस्तानका प्रान्तीय अधिकारीहरुले आतङ्वादीहरुले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन् । साथै उनीहरुले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । 

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका  भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले छानबिन आयोग गठन गरेको छ । 

मास्तुङ जिल्लाका सहायक आयुक्तले यथाशक्य चाँडो छानबिन प्रतिवेदन पेश गर्न आग्रह गरिएको बताएका छन् । 

क्वेटा र बलुचिस्तानका अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरेका उपचारको व्यवस्था गरिएको छ । अहिलेसम्म विष्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

एएनआई 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *