पाटन क्याम्पस स्ववियु निर्वाचनमा धाँधलीविरुद्ध उठेका कार्यकर्तामाथि आक्रमण

ललितपुर— ललितपुरको पाटन क्याम्पस स्ववियु निर्वाचनमा धाँधली र फर्जी परिचयपत्रको विरोध गरेका अनेरास्ववियुका कार्यकर्तामाथि आक्रमण भएको छ। केही व्यक्तिहरूले रड, धारिलो हतियार र ढुङ्गासहित आक्रमण गर्दा अनेरास्ववियुका कार्यकर्ता दिनेश श्रेष्ठ, पवन शाही, राजीव अधिकारीलगायतका युवा घाइते भएका छन्।

घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अनेरास्ववियुका नेताहरूले आक्रमणमा संलग्न गुण्डाहरूमाथि तत्काल कारबाही गर्न माग गरेका छन्। साथै, निर्वाचन प्रक्रियालाई निष्पक्ष बनाउन र निष्पक्ष वातावरणमा पुनः मतदान गराउन क्याम्पस प्रशासनलाई नयाँ मिति तोक्न आग्रह गरिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

यस घटनाले क्याम्पसको स्ववियु निर्वाचनप्रति प्रश्न उठाएको छ भने विद्यार्थी संगठनहरूबीच थप तनाव सिर्जना भएको छ। प्रशासनले यस विषयमा छिटो निर्णय नगरे थप आन्दोलन चर्किन सक्ने चेतावनी विद्यार्थी नेताहरूले दिएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *