कचनकवल। कचनकवल गाउँपालिका-५ मा रहेको निर्माणाधीन सशस्त्र बिओपीको भवन गए राति करिब २ बजेको समयमा तोडफोड भएको छ। प्रहरीका अनुसार घटनामा संलग्न ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानिय कचनकवल-५ डाँगीबारीका १७ बर्षिय सन्तोष गणेश, १७ बर्षिय विशाल माझी र धिरेन गणेश रहेका छन्। पक्राउ परेका ३ जनाको थप अनुसन्धान भइरहेको छ।
उक्त तोडफोडमा कतिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ जसमा भवनमा रहेका
विजुलीका वाइरिङ्, सिलिङ पंखा, बत्ति र झ्याममा लगाइएका सिसा
पानी ट्याङ्की र बाथरुमका सामग्रीमा क्षति पुर्याएका छन्।उक्त नयाँ भवन निर्माणका लागि स्थानीय समाजसेवी उखारु गणेशले ७ कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएपछि प्रदेश १ सरकारको आर्थिक सहयोगमा भवन निर्माणाधीन अवस्थामा रहेको छ ।
उक्त भवनको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको र सो भवनको सशस्त्र प्रहरीले नियमित सुरक्षा प्रदान गर्दै आएको थियो । सशस्त्र प्रहरीको हाल सञ्चालनमा रहेको अस्थायी प्रहरी ब्यारेक पोस्टभन्दा झन्डै एक किलोमिटर उत्तर मेची नदीको किनारमा बनेको भवन हस्तान्तरण नहुँदै तोडफोड हुनु घटना दुखद भएको कचनकवल ५ नम्बर वडा अध्यक्ष नुर आलमले बताए ।



















