Search
Close this search box.
Search
Close this search box.

पाठेघरको ‘बायोस्पी’ गर्न बेहोस बनाइएकी महिलाको मृत्यु

फाइल फोटो

चितवन । चितवनको भरतपुर अस्पतालमा पाठेघरमा देखिएको समस्याको उपचार गर्न एनेस्थेसिया दिइएकी एक महिलाको मृत्यु भएको छ । नवलपुरको गैंडाकोछ–५ ओमशान्तिकी ३९ वर्षीया सम्झना काफ्ले मंगलबार दिउँसो पाठेघरको समस्याको उपचारका लागि अस्पताल आएकी थिइन् । काफ्लेको राति १० बजे मृत्यु भएको हो ।

पाठेघरमा पोलिप देखिएपछि बायस्पी गर्न उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ‘दिउँसो २ बजे भर्ना गरेर एनेस्थेसिया दिइएको त्यसपछि कोल्टो फर्काएर राखियो । दुरबिनमार्फत काम सुरु गर्न मात्रै थालिएको थियो बिरामीको मृत्यु भएछ,’ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले भने, ‘कसरी त्यस्तो भयो भनेर बुझ्दै छौं ।’
डा. पौडेलले बिरामीको मुटुमा पनि समस्या रहेका कारण बेहोस बनाउने औषधीको असर परेको हुनसक्ने बताएका छन् ।

EPIC EPIC EPIC

यता काफ्लेका आफन्तहरुले भने पाठेघरको उपचार गर्न गएकी बिरामीको स्वास्थ्यकर्मीको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । ‘मृतकका आफन्तहरु हिजो राति आउनु भएको छ । जाहेरी दिने भन्ने सुनेको छु । उहाँहरु कानुनअनुसार जान पाउनु हुन्छ । अनुसन्धान त भइहाल्छ । गल्ती देखिए कारबाही पनि भइहाल्छ,’ डा. पौडेलले भने ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *