झापा । झापाको पाडाजुँगी –गौरादह सडकखण्डमा कार दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । कमल गाउँपालिका –६ दहीचोकस्थित पाडाजुँगी– गौरादह सडकखण्डमा गौरादहबाट पाडाजुँगीतर्फ जाँदै गरेको प्र।३–०१–०२२ च ५४९४ नम्बरको कार मोटरसाइकललाई जोगाउने क्रममा आफै अनियन्त्रित भई सडकबाट तल नालीमा पल्टिएको हो ।
दुर्घटनामा गौरादह –१ बस्ने ५४ वर्षीया दिब्या दाहाल , सोही ठाउँ बस्ने ३५ वर्षीया जुना दाहाल र ४५ वर्षीया शारदा दाहाल घाइते भएका हुन् । उनीहरुको आम्दा अस्पताल दमकमा उपचार भइरहेको छ । कार चालक गौरादह –१ बस्ने अन्दाजी ३० वर्षीय बिदुर दाहाल सकुशल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।