पाथीभराको भेटी रकम साढे ८ करोड

ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा झण्डै साढे आठ करोड रुपियाँ भेटी रकम सङ्कलन भएको छ।

EPIC

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार मङ्सिर मसान्त सम्ममा कुल सङ्कलन भएको भेटी रकम आठ करोड ४५ लाख ९४ हजार ३३६ रुपियाँ ।

EPIC EPIC EPIC

पछिल्लो दुई महिना अर्थात् कात्तिक र मङ्सिर महिनामा मात्र ६८ लाख ११ हजार ११० रुपियाँ भेटी सङ्कलन भएको बताउनुभयो।

कुल सङ्कलित भेटी रकममध्ये चालू आर्थिक वर्षयता मङ्सिर मसान्तसम्ममा खर्च १० लाख ७० हजार ७८७ रुपियाँ (खर्चका शिर्षक : सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, रकम ढुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमन)

खर्च कटाएर बाँकी रहेको बैङ्कमा मौज्दात
८ करोड ३५ लाख २३ हजार ५४८ रुपियाँ

समितिका कार्यकारी निर्देशक हाङ्बाङका अनुसार भेटी रकमबाहेक पाथीभरामा भक्तजनले चढाएको

सुन १८६ तोला ६ लाल
चाँदी ९२ के. जि ६५० ग्राम
तामा ६५३९ के. जि ७७५ ग्राम
विभिन्न धातुको घण्टी १६ हजार ३६८ के. जि

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *