पाथीभरामा दर्शनार्थी घटे, कात्तिकमा ३४ लाख ४८ हजार भेटी संकलन

ताप्लेजुङ — ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा कात्तिक महिनामा ३४ लाख ४८ हजार रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार सो अवधिमा ४२ हजार २ सय ६१ भक्तजनले मन्दिर पहुंचेर पूजा–अर्चना गरेका थिए।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार यस वर्ष कात्तिक महिनामा दर्शनार्थी र भेटी दुबै घटेका छन्। उनका अनुसार गत वर्षको तुलनामा भेटी रकम र तीर्थयात्री संख्या कम हुनुमा असोजमा भएको लगातार वर्षा र सडक अवरोध प्रमुख कारण बने।

EPIC EPIC EPIC

तीर्थयात्रीले चढाएको भेटी समितिका कर्मचारीले प्रहरीको रोहवरमा संकलन गरी झोलामा लाहाछाप लगाएर फेदीसम्म ल्याउने परम्परा छ। संकलित भेटीको अन्तिम गणना भने सदरमुकाम फुङलिङस्थित क्षेत्र विकास समितिको कार्यालयमा गरिन्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *