पाथीभरा मन्दिरमा घण्टी गेट र त्रिशूल पार्क निर्माण

ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण गरिएको छ । मन्दिरमा भक्तजनहरूले चढाई पुराना भएका घण्टीलाई व्यवस्थापन गर्न घण्टी गेट निर्माण गरिएको हो । घण्टी गेट पाथीभरा मन्दिरको मूल गेटदेखि पाँच सय मिटर तल निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिएका छन् । मन्दिरको मूल गेटदेखि घण्टी गेटसम्म लस्करै घण्टीहरू झुन्ड्याइएको कार्यकारी निर्देशक हाङ्बाङको भनाइ छ ।
यस्तै मन्दिर क्षेत्रमा घण्टी र त्रिशूल पार्क समेत निर्माण गरिएको छ । घण्टीसँगै पुराना त्रिशूलहरूको पनि व्यवस्थापन गर्नका लागि घण्टी र त्रिशूल पार्क निर्माण गरेको हाङ्बाङले बताए ।
घण्टी गेटका लागि १० लाख, मन्दिरको मूल गेटदेखि घण्टी गेटसम्म घण्टी झुन्ड्याउन १० लाख र घण्टी त्रिशूल पार्कका लागि १० लाख गरी जम्मा ३० लाख रुपियाँको लागतमा उक्त कार्य सम्पन्न भएको छ । यस अघि मन्दिरमा भक्तजनहरूले चढाएको घण्टी लिलामीमा राख्ने कुराले निक्कै चर्चा पाउनुका साथै चौतर्फी आलोचना भएको थियो ।
त्यसपछि अहिले भक्तजनहरूले चढाएको पुराना घण्टी र त्रिशूलको व्यवस्थापनका लागि घण्टी गेटसँगै पार्क निर्माण गरिएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *