पाथीभरा यात्रा बीचैमा दुर्घटना: भद्रपुरका तीन जनाको मृत्यु, शव आज दिउँसो भद्रपुर ल्याइँदै

भद्रपुर — ताप्लेजुङको पाथीभरा दर्शन गर्न जाँदै गरेको जीपमा करेन्ट प्रवाह भई लागेको आगोमा परेर ज्यान गुमाएका झापा भद्रपुरका तीनै जनाको शव आज दिउँसो मात्र भद्रपुर आइपुग्ने भएको छ।

हिजो ताप्लेजुङमै पोस्टमार्टम गरिएका शव आज बिहान त्यहाँबाट पठाइएको र दिउँसोसम्म भद्रपुर आइपुग्ने सहयात्री विकास कोइरालाले जानकारी दिनुभयो। दुर्घटनापछि भद्रपुरमा शोकको वातावरण छ।

EPIC EPIC EPIC EPIC EPIC

ताप्लेजुङको सडकमा लत्रिएको बिजुलीको तारमा जीप छोएर दुर्घटना हुँदा झापा भद्रपुरका तीन जनासहित चार जनाको मृत्यु भएको हो। दुर्घटनामा थप दुई जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा फुङलिङ नगरपालिका–१० का जीप चालक दुर्गा भट्टराई, झापा भद्रपुर–८ का ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षीया पत्नी सरिता पौडेल र उनीहरूकै नातिनी, हाल ललितपुर निवासी १६ वर्षीया आध्या आचार्य रहेका छन्।

घाइते भएकी सबिना आचार्य (मृतक आध्याका आमा) र उनका छोरा भबिमय आचार्यलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

दुर्घटना जीपले होटलमार्फत बुक गरिएको भाडाको गाडी लिई पाथीभरा जाँदै गर्दा भएको हो। यात्रु लिएर गइरहेको मे १ ज ३०११ नम्बरको जीप पाथीभरा क्षेत्रको सेवारो चोकमा हिजो बिहान ४:१५ बजे दुर्घटनामा परेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *