रोङ।
करिव डेढ कराेड माथिकाे आयव्यय प्रस्तुत गर्दै माथीभरा मल्टिपल कोअपरेटिभ पामकाेलकाे साधारण सभा हिजो सम्पन्न भएकाे छ ।
राेङ,सुर्याेदय माईजाेगमाई ,माईनगर र सुर्याेदय नगरपालिकाकाे गाेदकमा कार्य क्षेत्र रहेकाे साे सहकारी संस्थाले हालसम्म ३६ लाख २० हजार ८४२ रुपैया खुद्रा नाफा गरेकाे छ ।

राेङ ४ मा मुख्य कार्यालय रहेकाे र करिव एक कराेड लगानिमा अाफ्नै सुबिधा सम्पन्न रहेकाे उक्त सहकारी संस्थाका अध्यक्ष गिता घिमिरेकाे अध्यक्षता ,राेङ गाउँपालिकाकाे अध्यक्ष मनिकुमार तामाङ्काे प्रमुख अातिथ्यतामा भएकाे साे साधारण सभामा, अध्यक्ष गिता घिमिरेले प्रस्तुत गरेकाे बार्षिक प्रतिबेदन ,लेखा संयाेजक दिलिप कुमार राईकाे लेखा प्रतिवेदन ऋण संयाेजक देबिप्रसाद अर्यालले प्रस्तुत गरेकाे प्रतिबेदन पारित गर्दै संस्थापक अध्यक्ष ईन्द्रलाल निराैला असल ऋणी, असल बचत कर्ता, ५/५ जना असल वाल बचत कर्तालाई समेत सम्मान गरेकाे ब्यवस्थापक गाेपाल निरौलाले बताए ।