Search
Close this search box.
Search
Close this search box.

पार्कमा राखिएको मदन भण्डारीको सालिकमा तोडफोड

रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबासको सल्लेनी वनमा रहेको मदन भण्डारीको सालिक तोडफोड गरिएको छ । खाँडादेवी गाउँपालिका–५ का वडाध्यक्ष मनोज पौडेलका अनुसार महाअष्टमीको राति अज्ञान व्यक्तिले सालिक तोडफोड गरेका हुन् ।

डोरमणि पौडेल मुख्यमन्त्री हुँदा वाग्मती प्रदेश सरकार, खाँडादेवी गाउँपालिका र वडा कार्यालय समेतको लगानीमा पार्क निर्माण गरी मदन भण्डारीको सालिक राखिएको थियो । सदरमुकाम मन्थली र आसपासका क्षेत्र तथा खाँडादेवी गाउँपालिका मानिसलाई घुम्न जान सो पार्क पायक पर्ने गरी निर्माण गरिएको थियो । 

EPIC

पार्कमा राखिएको मदन भण्डारीको सालिकको एउटा गोडा भाँचेर फालिएको छ । त्यस्तै सालिकको पनि विभिन्न भागमा ढुङ्गाले हानेको कारण चोट लागेको छ । 

यसअघि पनि सो पार्कको गेटमा लगाइएको ताला फोडिएको थियो । पटक पटक ताला फोडिएपछि ताला लगाउन छाडिएकोमा अहिले सालिक नै तोडफोड गरिएको पौडेलले बताए । ‘फरक विचार राख्ने अराजकले तोडफोड गरेर क्षति पुर्याएका हुन्’, पौडेलले भने ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *