नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण

काठमाडौं। विश्व बैंकले नेपालको अर्थतन्त्रमा चालु आर्थिक वर्ष २०२०/२१ मा पनि कोभिड-१९ को प्रभाव यथावत रहने जनाएको छ।

बैंकले आज सार्वजनिक गरेको प्रतिवेदन ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’मा कोभिड-१९ बाट प्रभावित बनेको नेपालको आर्थिक वृद्धि चालु वर्षमा जम्मा ०।६ प्रतिशतमा सीमित हुने उल्लेख गरेको छ।

EPIC EPIC EPIC

खासगरी पर्यटन व्यवसाय धराशायी बन्दा समग्र अर्थतन्त्र नै प्रभावित बन्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। ‘‘पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुकहरूको आर्थिक वृद्धिमा गिरावट आउने छ। जसमा दक्षिण एसियामा नेपालसहित माल्दिभ्स र श्रीलंका पनि छन्,’’ प्रतिवेदनमा भनिएको छ।

विश्व बैंकले महामारीका कारण अन्तर्राष्ट्रिय रूपमा हिँड्डुलमा प्रतिबन्ध लाग्दा नेपालको पर्यटन र ट्राभल व्यवसाय प्रभावित बनेको बताएको छ। जसकारण, आगामी आर्थिक वर्षमा पनि समस्या कोभिडको प्रभाव कायमै रहने बताइएको छ।

यद्यपि, आगामी आर्थिक वर्षमा भने नेपालका आर्थिक वृद्धिदरमा केही सुधार आएर २।५ प्रतिशत पुग्ने प्रक्षेपण बैंकले गरेको छ।

गत आर्थिक वर्ष २०१९/२० मा पनि नेपालको आर्थिक वृद्धि खुम्चिएर ०।२ प्रतिशतमा सीमित बनेको थियो। जुन, अघिल्लो आर्थिक वर्षमा भने केही सुधारिने आँकलन गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *