पालिका सन्देशकर्मी श्रेष्ठ सहित तीन पुरस्कृत

बिर्तामोड । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखाले स्थापना गरेको डिकमान सुनुवार विरही स्मृती वर्ष उत्कृस्ठ पत्रकारिता पुरस्कार पत्रकार भीमा शिवाकोटीलाई प्रदान गरेको छ ।

२०५९ सालदेखि कंचनजंघा एफएममा कार्यरत शिवाकोटी नेपाल पत्रकार महासंघ झापाको पूर्व उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाको अध्यक्ष समेत हुन् । पुरस्कारको राशी नगद २५ हजार रुपैंयासहित ताम्रपत्र रहेको छ ।

EPIC EPIC EPIC

त्यसैगरी उदयीमान पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय एपिवान टेलिभिजनका झापा सम्वाददाता तथा पालिका सन्देशका फोटो पत्रकार बिष्णुकुल श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगामाया बेघा लिम्बूलाई पुरस्कृत भएका छन । सो पुरस्कारको राशी जनही ५ हजारसहित प्रसंशा पत्र रहेको छ ।

२०६६ सालमा स्थापना भएको डिकमान विरही वर्ष उत्कृस्ठ पत्रकारिता पुरस्कारबाट यसअघि अमृतलाल श्रेष्ठ, नकुल काजी, दिपिन राई, मदन ढकाल, रमेश समदर्शी राई, भिम नेम्बाङ, माधव विद्रोही, इन्द्रसिंह राजबंशी र कमन देवान पुरस्कृत भइसकेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च