झापा ।अस्पतालमा उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका बुद्धशान्तिका एक मजदुर डिस्चार्ज भएका छन् ।
मजदुरी गर्ने क्रममा घरबाट लडेर बिर्तामोडको मेडिका अस्पताल भर्ना भएका बुद्धशान्तिका ३५ वर्षिय शखा राजवंशी उपचार खर्च बुझाउन नसक्दा एक हप्तादेखि अस्पतालमा बस्न बाध्य भए भन्ने शिर्षकमा केहिदिन अघि पालिका सन्देशमा प्रकाशित भएको समाचारको प्रभावसंगै बुद्धशान्ति ३ का स्थानीय समाजसेवी देवि दुलालको अगुवाईमा विरामीलाई डिस्चार्ज गर्न सफल भएको हो ।
मजदुरी गर्दै बिहान-बेलुकीको छाक टार्दै आएका राजवंशी आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालमा बुझाउनुपर्ने शुल्क तिर्न नसक्दा डिस्चार्ज हुन सकेका थिएनन् ।
आफन्त कोही नभएको र साथीभाइसँगै कोठा लिएर बुधबारेमा बस्दै काम गर्दै आएका राजवंशीले उपचार खर्च बापत करिब १ लाख ६० हजार बढी रकम बुझाउन सकेका थिएनन् । स्थानीय देवि दुलालको अगुवाई तथा स्थानीयको सहयोगमा विरामी डेरामा आउन सफल भएको छ ।
बिर्तामोडको मेडिका अस्पतालले समेत विरामीलाई छुट गर्दै आफ्नो ७५,००० मात्रै शुल्क लिएको छ ।