Search
Close this search box.
Search
Close this search box.

पालिका स्वास्थ्य टिप्स : कस्ता व्यक्तिले कोरोनाविरुद्धको खोप नलगाउने ?

tobacco kar kosh

काठमाडौ- कोरोना विरुद्धको खोप कसले लगाउने र कसले नलगाउने भन्ने अन्योल छ। १८ वर्षमाथिका सबै व्यक्तिले खोप लगाउन मिल्छ तर केही अवस्थाहरु पनि यस्तो अवस्थाको लगाउन मिल्दैन।

निम्न अवस्थामा व्यक्तिले कोरोना विरुद्धको खोप लगाउन हुँदैन :

EPIC
  • १८ वर्षभन्दा कम उमेरका व्यक्ति
  • खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस् प्रतिक्रिया -गम्भीर एलर्जी भएको व्यक्ति
  • यो खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस् भएको व्यक्ति
  • पहिला अन्य कुनै खोप, सुई, औषधि वा खानेकुराबाट गम्भीर प्रकारको प्रतिक्रिया भएको व्यक्ति
  • हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेल
  • कोभिड-१९ को लागि मोनोक्लोनल एन्टीबडी वा कन्भाल्सेन्ट प्लाज्मा थेरापी उपचार विधि अपनाएका व्यक्तिले ९० दिन पछि खोप लगाउन मिल्छ
  • कोरोना संक्रमितले संक्रमणमुक्त भएको ३० दिनपछि खोप लगाउन मिल्छ।

यी अवस्था भएका व्यक्ति बाहेक बाँकी सबै व्यक्तिले आफ्नो पालो आउँदा खोप लगाउनुपर्छ। खोप लगाउनु अघि आफ्नो रोग र आफुले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *