पालिका स्वास्थ्य टिप्स: गर्भावस्थामा किन आउछ मुखमा अमिलो पानी ?

गर्भावस्थामा पेटको आकार बढेर आमासयमा दवाव पर्छ। त्यसले गर्दा भल्भ खुकुलो भएर अमिलो पानी आउने लक्षण बढ्छ। अर्को कारण गर्भवती अवस्थामा हुने हर्मोनको गडबड हो। त्यसले पनि अमिलो पानी आउने, वाकवाकी लाग्ने बनाइदिन्छ।

कसैलाई पहिलो ३ महिना हुन्छ भने कसैको अवधि ९ महिनासम्म पनि जानसक्छ। यस्तो लक्षणले आत्तिनुपर्ने कुनै कारण त छैन। तर कतिपय महिलाहरूलाई भने कुनै खानेकुरा नखाने, पानी पनि नरहने भएकाले जलविनियोजन डिहाइड्रेसन भएर अस्पताल भर्ना गर्नेसम्म पनि हुनसक्छ। तर अधिकांशको पहिलो ३र४ महिनापछि कम हुँदै जान्छ। त्यस क्रममै कतिपयलाई यति धेरै अमिलो पानी आइदिन्छ कि कुनै औषधिले पनि छुँदैंन।

EPIC EPIC EPIC

अन्य कतिपय कारणले पनि अन्ननली र आमासयको जङसनमा असर परेर अमिलो पानी आउछ। मानिसको आमाशयमा अम्ल हुन्छ। त्यो अम्ल फर्केर अन्ननलीमा वा मुखमै पनि आउन सक्छ, जसलाई हामीले अमिलो महसुस गर्छौं। आमाशयमा अम्ल बस्न नै अनुकुल संरचना हुने भएकाले त्यहाँ अम्ल रहँदा हामीले असजिलो महसुस गर्दैनौं। तर अन्ननली, मुख आदि अंग त्यस्तो अंम्लसँग सम्पर्क नहुने भएकाले त्यससँग लड्ने संरचना हुँदैन र अम्ल ती अंगमा पर्नासाथ हामीले पोलेको महसुस गर्छौं।

हामीले खाएको खाना अन्ननली, आमासय, सानो÷ठूलो आन्द्रा हुँदै निस्कासन हुने निश्चित अवधि हुन्छ। हरेक अंगमा खाना केही समय भण्डारण हुन्छ। खानाको स्वरुप र प्रकृति हेरेर एउटा अंगबाट अर्कोमा जाने अवधि फरक पर्छ। झोल र पानी छिटो जान्छ भने ठोस पदार्थले केही समय लिन्छ। बोसो र चिल्लोयुक्त खाना खादा आमासयदेखि सानो आन्द्रामा जाने अवधि लम्बिन्छ। लामो अवधि आमासयमा रहने भएकाले बोसो र चिल्लोयुक्त खानाले अन्ननली र आमासयको जङ्सनलाई केही खुकुलो बनाइदिन्छ। फलस्वरुप हामीले अमिलो पानी आएको महसुस गछौं। गुलियो वा फलफूल खाँदा छिटो भोक लाग्छ। तर बोसो र चिल्लोयुक्त खाना खाएपनि अन्यको तुलनामा हामीलाई भोक पनि अलि ढिलो नै लाग्छ। आमासयबाट सानो आन्द्रामा खाना जान समय लाग्ने र पच्ने अवधि पनि लम्बिने भएकाले भोक ढिलो लाग्ने गरेको हो।

  • डा. दीपेश गुर्वाचार्य/ स्वास्थ्यखबर
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च