पालिका स्वास्थ्य टिप्स :डेंगुबाट सुरक्षित रहने १० उपाय

कार्तिक/मंसिरमा डेंगुको समस्या बढी देखिने गर्छ। डेंगु एडीस जातको इजिपटाई तथा एल्बोपिक्ट्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्दछ। 

ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा स–साना थोप्ला जस्तो बिबिरा देखिनु र मांसपेशी तथा जोर्शी दुख्नु यसका लक्षणहरु हुन्। 

EPIC EPIC EPIC

निरन्तर बान्ता हुनु, पेट असाध्यै दुख्नु, रक्तस्राव हुनु, आलश्य वा व्यग्रता हुनु, पेटमा पानी जम्नु, कलोजोको आकार बढ्नु खतराका संकेतहरु हुन्। 

डेंगु फैलाउने लामखुट्टे र रोगको पहिचान समयमै गर्न सके प्रकोप तथा संक्रमित जटिल अवस्थामा जानबाट रोक्न सकिने डाक्टरहरु बताउँछन्।

वर्षायाम सकिएपनि डेंगुको जोखिम कायमै छ। त्यसैले डेंगुबाट सुरक्षित रहन विभिन्न उपायहरु अवलम्बन गर्न जरुरी छ।

विभिन्न १० उपायहरु यहाँ प्रस्तुत गरिएको छ:

– लामखुट्टेको टोकाइबाट बच्न पुरा शरीर ढाक्ने कपडा लगाउने

– शरीरका खुल्ला भागमा लामखुट्टेको टोकाइबाट बच्ने मल्हम लगाउने

– घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने

– बिहान, बेलुका वा राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने

– घर वरपर प्लास्टिक, सीसा, खपटा, सिडी, चिया खाएर फालिएका कप, नरिवलका बोक्रा आदि भए सफा गर्ने र पानी जम्न नदिने

– खाल्डा खुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने

– पानीको नाली, ढल, पोखरीमा हप्ताको दुई दिन डढेको मोबिल वा मट्टितेल छर्कने

– खाली भाँडाकुडा घोप्टाएर राख्ने

– पानीको ट्यांकी पुरै खाली गरेर सफा गरिरहने

– कुलरमा हप्ताको एक वा दुई पटक मट्टितेल हाल्ने।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च