पालिका स्वास्थ्य टिप्स :फोक्सो स्वस्थ राख्न के खाने ?

मकै
मकैमा पाइने बेटा–क्रिप्टोसान्थिन भन्ने तत्वले फोक्सोको क्यान्सर हुने सम्भावनालाई कम गर्छ। त्यसैले बेलाबेलामा ताजा मकै खाने गर्नुपर्छ।

प्याज
प्याजले पनि फोक्सोलाई सफा र स्वस्थ राख्न मद्दत गर्छ। प्याज खानाले विभिन्न खाले रोगबाट बचाउँछ, जसमध्ये फोक्सोको इन्फेक्सन पनि एक हो।

EPIC EPIC EPIC

अदुवा
अदुवाले फोक्सोमा जम्मा भएका विकारलाई कम गर्छ। चियामा अदुवा हालेर खाने गर्नाले सास ताजा पनि बन्न पुग्छ।

सुन्तला
सुन्तलामा क्रिप्टोसान्थिन भन्ने तत्व पाइन्छ, जसले फोक्सोमा क्यान्सर हुने जोखिम कम गर्छ।

सिस्नु

सिस्नुमा आइरनको मात्रा उच्च हुन्छ। सिस्नु खानाले फोक्सोमा भएको इन्फेक्सनको प्रभाव कम हुन्छ।

पिस्ता
पिस्तामा गामा–टोकोफेरोल नामक एक प्रकारको भिटामिन–ई पाइन्छ, जसले फोक्सोलाई स्वच्छ राख्छ।

जडिबुटी
सुन्तलाको बोक्रा, युकालिप्टस (मसला), पुदिनाजस्ता जडिबुटीले फोक्सोलाई सफा राख्छन्।

लसुन
लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले इन्फेक्सनविरुद्ध लड्ने शरीरको क्षमतालाई बढाउने गर्छ। लसुनले फोक्सोलाई फाइदा पुर्‍याउँछ।

भिटामन सीयुक्त खाना
सुन्तला, कागती, निबुवा, मौसम, गोलभेँडाको जुस, स्ट्रबेरी, भुइँकटहर, आँप, पहेँलो र हरियो भेडेखुर्सानीजस्ता भिटामिन सीयुक्त फलफूल तथा तरकारीले फोक्सोका विकार हटाउने र शरीरमा अक्सिजनको सञ्चार तीव्र बनाउने काम गर्छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च