Search
Close this search box.
Search
Close this search box.

पिङको डोरी बाँध्ने क्रममा लेडेर एकजनाको मृत्यु

काभ्रेमा रूखमा पिङ हाल्न डाेरी बाँध्ने क्रममा रुखबाट लडेर एक पुरुषको निधन भएको छ। भुम्लु गाउँपालिका -६ ,कोलातीका ५० वर्षीय गणेश परियारको पिङ हाल्ने क्रममा रुखबाट  लडेर निधन भएको हो।


हिजो बिहान दसैँको खुसीयालीमा बरको रुखमा साथीहरुसँग मिलेर पिङ थाप्न  गएका परियार पिङको लट्ठा बाँध्न लाग्दा हात चिप्लिएर रुखबाट लडेर गम्भीर घाइते भएको बताइन्छ ।

EPIC


गम्भीर घाइते परियारको धुलिखेल अस्पतालमा उपचारको क्रममा कात्तिक ५ गते दिउँसो निधन भएको हो। बुझेअनुसार उनका दुई छोरा छन् । एक छोरा इन्डियाबाट भर्खरै घर आएका छन् भने अर्को नाबालक ७ वर्षीय छोरा पनि छन् ।

शव पोस्टमार्टमपछि आफ्न्तलाई जिम्मा लगाइसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *