काठमाडौं। काठमाडौंको पिपुल्स क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा अनेरास्ववियुका रञ्जित भण्डारी विजयी भएका छन्।
उक्त क्याम्पसको आइतबार भएको निर्वाचनमा अनेरास्ववियुको पूरै प्यानल विजयी भएको हो। जस अन्तर्गत सचिवमा फुर्वा छिरिङ शेर्पा,कोषाध्यक्ष नवीन न्यौपाने विजयी भएका हुन्।