पुनः श्रम स्वीकृती अनलाइनबाटै

काठमाडौं । श्रमिकले घन्टौ लाईन बसेर लिदै आएको पुनः श्रम स्वीकृतीलाई भोली शुक्रबार देखी कार्यस्थल वा घरबाट नै लिन सकिने गरी सेवा विस्तार गरिएको छ ।
वैदेशिक रोजगार कार्यलयमा श्रमिकलाई उपस्थिती गराएर दिदै आएको श्रम स्वीकृतीलाई अनलाईन गरेपछि यो सेवाका लागि श्रमिक नेपाल आउनु नपर्ने भएको छ । यो व्यवस्थासँगै पुन श्रम स्वीकृतीको आवेदन दिन लाखौ तिरेर नेपाल आउनु पर्ने र घन्टौ लाइन बस्नु पर्ने झनझट समाप्त भएको छ ।


वार्षिक ३ लाख भन्दा बढी श्रमिकले काठमाडौ सहित देशभर रहेका ७ कार्यलयबाट लिदै आएको श्रम स्वीकृतीका लागि विदेशमा रहेका श्रमिकले नियोग समेत जानु नपर्ने गरी अनलाईन मार्पmत गरिएको हो । वैदेशिक रोजगार विभागले १ वर्ष भन्दा लामो तयारीपछि अंग्रजी नयाँ वर्ष अर्थात पुष १७ बाट यो सेवा संचालन हुने जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

बिभागका महानिर्देशक कुमार प्रसाद दाहालले बैदेशिक रोजगार व्यवस्थापन सुचना प्रणाली ९फेमिस० मार्पmत कार्यलय नगई श्रमिकले चाहेको स्थानबाट श्रम स्वीकृती लिने गरी प्रणाली विकास गरिएको बताए । फेसिम वैदेशिक रोजगारीका लागि काम गदै आएका सरकारी तथा नीजि संस्थाहरुलाई अनलाईन मार्पmत सूचना जोडने प्रणाली हो । यसमा राहदानी विभाग, अध्यागनम विभाग, कन्सुलर विभाग, बोर्ड, बिमा, मेनपावर, तालिम प्रदायक संस्था र नियोग लगायत १ दर्जन निकाय आबद्ध रहेका छन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *