झापा। झापाका प्रखर माओबादी युवा नेता सञ्चार नेम्वाङको आज उपचारको क्रममा काठमाडौंमा निधन भएको छ ।
काठमाडौंको सामाखुशीस्थित ग्रीनसिटी हस्पिटलमा उहाँको निधन भएको हो । उहाँ ४५ वर्षको हुनुहुन्थ्यो । उच्च रक्तचापको समस्याका कारण उहाँ उपचारमा हुुनुहुन्थ्यो ।
पूर्वजनमुक्ति सेनाका योद्धा समेत रहनु भएको उहाँ हाल नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य हुनुहुन्थ्यो ।
वाइसीएल लगायतका जनसंगठनमा उहाँले राजनीतिक नेतृत्व गर्नु भएको थियो । पाँचथरको फिदिम मूल घर भए तापनि उहाँ पत्नी र चार छोराछोरीसहित बिर्तामोडका बस्दै आउनु भएको थियो ।
नेम्बाङको शव काठमाडौबाट विहीवार झापा ल्याइने बताइएको छ ।