पूर्वप्रधानमन्त्री माधव नेपालले ३५ लाख धरौटी बुझाएर छुटे

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख रूपैयाँको बैंक ग्यारेण्टी बुझाएका छन्। उनी राति अबेर धरौटी बुझाएर फर्किएका हुन्।  उनलाई विशेष अदालतले तारेखका लागि साउन १३ गते बोलाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालको समेत संलग्नता किटान गर्दै दायर गरेको मुद्दामा फैसला सुनाउँदै ३५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

EPIC EPIC EPIC

गत जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई विपक्षी बनाउँदै हदबन्दीभन्दा बढी जग्गा कम्पनीका नाममा बिक्री वितरण गर्न दिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।

भ्रष्टाचार मुद्दा दायर भएपछि पूर्वप्रधानमन्त्री नेपाल बुधबार आफैँ अदालतमा उपस्थित भएका थिए । बयान र थुनछेक बहसपछि धरौटीमा छाड्दै विशेषले नेपाललाई धरौटी तिर्न आदेश दिँदैर तारेख म्याद थमाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च